नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
काठमाडाैं - आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता खेल्ने नेपाली टिमको बन्द प्रशिक्षणमा जाने १८ सदस्यीय टिम घोषणा गरिएको छ ।
दुई सातापछि मलेसियामा हुने प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक गरी १८ सदस्यीय टिम घोषणा गरिएको हो । मंगलबार घाेषित १८ सदस्यीयनेपाली टिमको कप्तानी पारस खड्काले गरेका छन् । १४ नियमित र ४ वैकल्पिकमा काे काे पर्छन् भन्ने कुराकाे टुंगाे बन्द प्रशिक्षणका बीचमै तय हुनेछ ।
कप्तान खड्का, आईसीसीका प्रतिनिधि अनिमुल इश्लाम र मुख्य प्रशिक्षक जगत टमाटा संलग्न छनोट समितिले घोषणा गरेको टिममा ज्ञानेन्द्र मल्ल उप कप्तान छन् ।
यसैगरी अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी दिपेश श्रेष्ठ रहेका छन् । यसैगरी करन केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन रहेका छन् ।
त्यसैगरी सन्दीप लामिछाने, सहाब आलम, सरद भेषावकर सोमपाल कामी र सुनिल धमला रहेका छन् । हालै एसिया कप खेलेका सुवास खकुरेल र रोहितकुमार पौडेल यस पटक टिममा अटाएनन् भने शरदले टिममा पुनरागमन गरेका छन् ।
मलेसियामा हुने छनौट प्रतियोगितामा नेपाल समूह बीमा छ । नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भुटान, सिंगापुर र मलेसिया रहेका छन् ।
अक्टोबर ३ देखि सुरुहुने खेलका लागि बिहीबारदेखि बन्द प्रशिक्षणमा राखिने छ । तर रोहितकुमार पौडेल भने यु १९ एसिया कप क्रिकेटका लागि जाने भएकाले सिनियर टिममा नराखिएको पनि जनाइएको छ ।