विदेशमा कार्यरत नेपालीले दूतावासबाटै श्रम स्वीकृति लिन पाउने

 असोज २, २०७५ मंगलबार १९:२८:२६ | सन्जिता देवकोटा

काठमाडौं – अबदेखि घरेलु कामदारसहित नेपाली कामदारले विदेशस्थित नेपाली दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन पाउने भएका छन् । 

वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् । 

सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र कमाइ गरिरहेका थुप्रै घरेलु कामदार स्वदेश फर्कन पाएका थिएनन् ।

नेपाल फर्किएपछि श्रम स्वीकृति नहुने भएकाले धेरै घरेलु कामदार भिसा अवधिभन्दा धेरै समय विदेशमा बस्न बाध्य थिए । अब विदेशबाटै श्रम स्वीकृति हुने भएपछि घरेलु कामदार सहित सबै कामदार श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने झण्झटबाट मुक्त हुनेछन् । 

दुई पटकभन्दा बढी श्रम स्वीकृति लिन पाउने व्यवस्था हुँदा कामदार नेपाल नफर्किने अवस्थालाई ध्यान दिंदै यो व्यवस्था ल्याइएको स्रोतले जनाएको छ । 

श्रम स्वीकृतिको लागि नेपाली कामदारले सास्ती खेप्दै आएकाले श्रम मन्त्री गोकर्ण विष्टको पहलमा नयाँ व्यवस्था गर्न लागिएको हो ।


 

अन्तिम अपडेट: चैत ५, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

12 Comments

  • राधा सुवेदी

    Sept. 24, 2018, 4:38 p.m.

    कहिले बाट लागू हुन्छ?

  •  0 Reply
  • Archana thapa

    Sept. 19, 2018, 1:38 p.m.

    Very good news

  •  0 Reply
  • Dawa gyalmo dong

    Sept. 19, 2018, 12:50 p.m.

    Great job dherai ramaro or dherai khusi hami kamdhar ko lagi yo karey garnu vako ma think you so much

  •  0 Reply
  • दर्पन शाही

    Sept. 19, 2018, 7:13 a.m.

    सरकारको प्रससनिय कार्य

  •  0 Reply
  • कुमार आङ्देम्बे

    Sept. 19, 2018, 6:49 a.m.

    तपाइँलाई यो सुबिधा ल्याउनु भएकोमा धन्यवाद सर र मलेसिया कहिले खोल्नु हुन्छ कि सधाको लागि बन्द हो कि जान्कारी पाउ सर कति बिरोज्गार भएर नेपालमा भाउतारिएको छन् पेस गरेको पासपोर्ट थन्किएको छ न अरु देस नाई जाने न मलेसिया हामी जन्ता ले घाटा भोगी रा छौं कृपया तुरुन्त जान्कारी पाउ सर

  •  0 Reply
  • nand raj panthi

    Sept. 19, 2018, 3:49 a.m.

    good

  •  0 Reply
  • Chandra singh

    Sept. 19, 2018, 1:17 a.m.

    यो कार्य एकदम राम्रो गर्नुभयो , अब समय मै आउन जान सहज होस् /

  •  0 Reply
  • Bhuwan Prasad marasini

    Sept. 19, 2018, 12:38 a.m.

    Great job for us

  •  0 Reply
  • घनश्याम भण्डारी

    Sept. 19, 2018, 12:14 a.m.

    धेरै राम्रो काम हो छिटै लागू होस

  •  0 Reply
  • राज कुमार चपाइ छेत्री

    Sept. 18, 2018, 10:23 p.m.

    धेरै राम्रो काम

  •  0 Reply
  • Ramesh lal shrestha

    Sept. 18, 2018, 8:56 p.m.

    हामी बिदामा नेपाल आएर जान नपाउनेको हकमा चाहिँ के हुन्छ ?

  •  0 Reply
  • Ganga pathak

    Sept. 18, 2018, 8:40 p.m.

    स्वागतयोग्य काम /

  •  0 Reply

तपाईको प्रतिक्रिया