सांसदलार्इ ज्यान मार्ने धम्की दिँदै चन्दा माग्ने चारजना जेल चलान

 असोज २, २०७५ मंगलबार २०:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – ‘मनोज पुनको मान्छे हुँ’ भन्दै गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापालाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीले कारागारको सजाय सुनाएको छ ।

कास्की क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद तथा उद्योगीसमेत रहेका थापालाई धम्की तथा ज्यान बन्धक गर्ने धम्की दिएको आरोपमा पक्राउ परेका स्याङ्जा टक्सारका नरबहादुर गुरुङ (शंकर), विवश थापा भन्ने अमृत खड्कालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ सजाय तोकिएको छ ।

त्यसैगरी रामु सुवेदी र शिवबहादुर कार्कीलाई ४ वर्ष कैद र ५० हजार रुपैयाँ सजाय सुनाइएको अदालतका श्रेष्तेदार जगन्नाथ पौडेलले जानकारी दिनुभयो । उनीहरुले थापासँग २ करोड रुपैयाँ माग गर्दै विभिन्न नम्बरबाट फोन गरेर धम्क्याउँदै आएका थिए । सोही समूहले उद्योगी कालु गुरुङसँग समेत १० करोड रुपैयाँमा माग गर्दै आएको थियो ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योग अन्तरगत मुद्दामा चलाइएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया