मलेसियामा ज्यान गुमाउनेमध्ये एक धादिङका घले

 असोज २, २०७५ मंगलबार २१:२२:८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउनेमध्ये एक धादिङका विकास घले भएको पुष्टी भएको छ । गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीका २४ वर्षीय घलेको ज्यान गएको भन्ने खबर आएको उनका परिवारले जनाएका छन् । 

मलेसियामा रहेको नेपाली दूतावासले भने ज्यान गुमाउने १५ जनामध्ये ४ जना नेपाली भएको पुष्टी भएको र तीमध्ये दुईजनाको नाम खुलेको जनाएको छ । दूतावासले उल्लेख गरेको विवरणमा घलेको भने नाम छैन ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया