लगानी सम्मेलन हुने

 असोज २, २०७५ बुधबार ५:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सरकारले आउँदो मार्च महिनामा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको लगानी बोर्डको ३२ औं बैठकले अन्तर्राष्ट्रिय लगानी भित्राउन सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले समृद्ध नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्राउने उद्धेश्य लिएर सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले पश्चिम सेतीबाट चीनको थ्री गर्जेजले हात झिकेपछि उक्त परियोजनालाई अघि बढाउने विषयको मोडालिटी बनाउन उर्जा, अर्थ र उद्योग मन्त्री सम्मिलित उच्चस्तरीय समिति बनाउने समेत निर्णय गरेको छ । त्यसैगरी, औद्योगिक पूर्वाधारको आभावले विकास निर्माणको समय लम्बिने, लागत बढ्ने गरेको बिषयलाई मध्यनजर गर्दै पूर्वाधार निर्माणको जिम्मा पनि बिकास निर्माणकर्तालाई बनाउन दिने बैठकले निष्कर्ष निकालेको छ ।

यस्तै, जापान क्लब इन्टरनेशनलले १३ अर्ब ९० करोडको लगानीमा काठमाडौँ भक्तपुर र पोखरामा होटल निर्माण गर्न गरेको प्रस्ताव समेत बैठकले स्वीकृत गरेको छ ।


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया