विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्को विजयी

 जेठ २२, २०७५ मंगलबार ७:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्को विजयी भएको छ । मोरक्कोले स्लोभाकियालाई २–१ ले हराएको हो । स्लोभाकियाको एक गोलको अग्रता उल्ट्याउँदै खेल जितेको हो ।

५९ औं मिनेटमा जान ग्रेजुसले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए, तर ६४ औ मिनेटमा मोरक्कोका योयुब एल काबीले बराबरी गोल फर्काए । ७४ औं मिनेटमा यौनेस बेल्हान्डाले मोरक्कोका लागि गोल गर्दैै टिमलाई जिताए ।

सर्वियाले भने मैत्रीपूर्ण खेलमा चिलीसँग एक शून्यको हार ब्यहोरेको छ । विश्वकपमा स्थान बनाउन नसकेको चिलीले सर्वियालाई स्तब्ध बनाउन खेलको ८८ औं मिनेटमा चिलीका गुइर्लेमोले गोल गरे । विश्वकपको समूह सी मा रहेको सर्वियाले ब्राजिल, स्विट्जरल्याण्ड र कोष्टारिकासँग खेल्नुपर्नेछ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया