बिकिनीमा बिन्दास प्रियंका

 असोज ३, २०७५ बुधबार १४:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेत्री प्रियंका कार्कीको ध्यान पछिल्लो समय फिगर मेन्टेनमा गएको देखिन्छ । पछिल्लो समय उनले सामाजिक सञ्जालमा सेयर गरेका केही बिकिनी तस्बिरहरु यसका प्रमाण हुन् ।

प्रियंकाले आफ्नो फिगरलाई जिरो फिगरमा परिणत गरिसकेकी छिन् भन्दा फरक नपर्ला । किनभने  उनको शरीर पहिले भन्दा दुब्लो भएको छ । उमेर ढल्किँदै गएका कारण पनि उनले फिगर मेन्टेनमा बढी ध्यान दिएको हुनसक्छ । शरीर मेन्टेन भएसँगै उनले आफूलाई बिकिनीमा प्रस्तुत गर्न थालेकी छिन् । 

प्रियंकाले सामाजिक सञ्जालमा यसरी बिकिनी तस्बिरहरु शेयर गरिरहँदा केहीले उनले अरुको ध्यान खिच्नका लागि यस्ता तस्बिरहरु शेयर गरेको टिप्पणी गरेका छन् । केहीले भने प्रियंकालाई सायद कुनै सिनेमामा बिकिनी बडी शो गर्न मन लागेको अड्कल पनि काटिरहेका छन् । 

हुन पनि प्रियंकाले कुनै सिनेमाकै लागि यो फिगर तयार पारेर शो गरेकी पनि हुन सक्छिन् ।  

प्रियंका कार्की यस्ती अभिनेत्री हुन् जसले आफ्नो जीवनका हरेक पलहरुलाई सामाजिक सञ्जालमार्फत शेयर गर्न रुचउँछिन् । बिकिनीको प्रसंगमा पनि उनी अन्य अभिनेत्री भन्दा अघि नै देखिन्छिन् ।

अन्य अभिनेत्रीहरु प्राय यसरी बिकिनीमा प्रस्तुत हुँदैनन् । यदि स्विमिङ गर्दा भइहाले भने पनि यसरी तस्बिरहरु शेयर गरेको खासै थाहा पाइँदैन । तर प्रियंका भने बिन्दास छिन् । एकताका उनले हुनेवाला सासू रविना देशराज जोशीसँग शेयर गरेको बिकिनी फिगरले पनि खुबै चर्चा बटुल्यो । 

त्यस्तै केही समयअघि अमेरिकामा हुँदा उनले शेयर गरेका केही बिकिनी तस्बिरले पनि उनको चर्चा बढेको थियो । प्रियंकाको कामको चर्चा त एकातिर छँदै नै छ अर्कातिर बिकिनीले पनि उनको चर्चा बढाईदिएको छ । 

अभिनेता आयुष्मान देशराज जोशीसँग सम्बन्ध जोडिएपछि प्रियंका अझै बिन्दास र खुशी देखिँदै आएकी छिन् । उनी आयुष्मानलाई रोज्नु जीवनमा गरेको सबैभन्दा सही निर्णय भएको बताउँछिन् । सायद यही कारण हुनसक्छ प्रियंका यसरी बिन्दास भएर बिकिनीमा प्रस्तुत भइरहनुको पनि । 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया