सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक

 असोज ३, २०७५ बुधबार १६:२४:१६ | उज्यालो सहकर्मी

काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले आउँदाे असोज १३ देखि हुन लागेको सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले आज गोलाप्रथा खेलको ड्र सार्वजनिक गरेको हो । खेल तालिका अनुसार चार वर्षपछि हुन लागेको सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा त्रिभूवन आर्मी क्लब र न्यू रोड टिम एनआरटी खेल्नेछन् ।

आज भएको क्लब वरीयता ड्रमा एनआरटी पहिलो र आर्मी १४ नम्बरमा परेका थिए । लिगको पहिलो दिन एउटामात्र खेल हुनेछ । लिग पुस १७ गतेसम्म चल्नेछ । पहिलो चरणको दोस्रो दिन ब्रिगेड ब्वइज क्लब र मनाङ मस्र्याङ्दी क्लब तथा मच्छिन्द्र क्लब र च्यासल युथ क्लब खेल्नेछन् ।

तेस्रो दिन फ्रेण्डस् क्लब र थ्रीस्टार क्लब तथा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । असोज १६ गते हिमालयन शेर्पा र एपीएफ तथा सरस्वती युथ क्लब र संकटाबीच प्रतिष्पर्धा हुनेछ ।

तर नेपालले बंगबन्धु गोल्डकपमा सहभागिता जनाएको खण्डमा लिगको तालिकामा केही फेरबदल हुन सक्ने एन्फाले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया