संविधान दिवसको विरोध गर्ने २० जना पक्राउ

 असोज ३, २०७५ बुधबार १६:४१:१८ | बृजराज कुशवाह

नवलपरासी –  संविधान दिवसको अवसरमा संविधानको विरोध गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका २० जना कार्यकर्ताहरुलाई प्रहरीले गिरफतार गरेको छ ।

संविधान दिवसको विरोध गरिरहेका स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पाल्हीनन्दन गाउँपालिका –३, बेलासपुर चोकमा हातमा कालो झण्डा बाँधी स्वतन्त्र मधेशको नारा लगाउदै विरोध जुलुसपछि कोणसभा गर्दैगर्दा गिरफतार गरेको हो ।

असोज ३ गते नेपालको संविधान दिवसको दिनलाई मधेसको लागि कालो दिन भन्दै संविधानको दिवसको विरोध प्रदर्श गरेकाले प्रहरीले ती कार्यकर्ताहरुलाई गिरफ्तार गरेको जनाएको छ ।

स्वतन्त्र मधेस गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादवको नेतृत्वमा संविधान विरोध कार्यक्रमको आयोजना गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया