प्रहरी प्रशासन हेरेको हेरै भयो, सिके राउत २० मिनेट भाषण गरेर पुनः भूमिगत भए

 असोज ३, २०७५ बुधबार १७:३३:४० | शैलेन्द्र महतो

धनुषा – प्रशासनलाई चुनौती दिँदै स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा  संविधान दिवस विरोधी कार्यक्रम गरेका छन् । 

स्वतन्त्र मधेसको अभियानमा लागेका डा. सिके राउत नेतृत्वको मधेस गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुई दिन अघिदेखि नै कार्यकर्तालाई धडपकड सुरु गरेको थियो ।

कडा सुरक्षाका बाबजूद मधेस गठबन्धनका सयाैँ कार्यकर्ताले  जनकपुरमा प्रदर्शन गरेका छन् भने प्रहरीको विशेष खोजी सूचीमा रहेका गठबन्धका संयोजक डा. सिके राउत रामानन्दचोकमा प्रहरी प्रशासनकै अगाडि कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका छन् ।

असोज ३ को  संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन भन्दै डा.सिके राउतले जनकपुरमा ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम आयोजन गरेका थिए ।

जनकपुरको बाह्रविघा मैदानमा डा.राउतले विरोध सभा गर्ने पूर्व निर्धारित कार्यक्रम रहेको थियो । तर बाह्रविघा मैदानको चारैतर्फ प्रहरीको बाक्लो उपस्थितिको साथै जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको थियो ।

बुधबार बिहानदेखि दिउँसोसम्म डा.सिके राउतका झण्डै २ सय कार्यकर्तालाई प्रहरीले जनकपुरको विभिन्न स्थानबाट पक्राउ पनि गरेको छ । तर पनि डा.सिके राउतका झण्डै एक हजारको संख्यामा एकैपटक आएका नेता कार्यकर्ताहरु रामानन्दचोकबाट विरोध जुलुस सुरु गरेका थिए ।

रामानन्दचोकबाट निस्केको गठबन्धनको जुलुस जानकीचोक, जनकचोक, रामचोक, मुरलीचोक, भ्रमरपुराचोकसहितको ठाउँमा प्रदर्शन गर्दै पुनः रामानन्दचोकमा कोणसभामा परिणत भएको थियो । त्यति बेलासम्म भूमिगत रहेका गठबन्धका संयोजक डा.सिके राउत एकाएक कोणमा सम्बोधन गर्न सुरु गरे ।  

डा.राउतले कोणसभमा स्वतन्त्र मधेसको विकल्प नरहेको बताएका छन् । स्वतन्त्र मधेसको लागि जारी रहेको आफूहरुको अभियान कसैले पनि असफल पार्न नसक्ने समेत उनले दावी गरेका छन् ।

यस्ते डा.सिके राउतका कार्यकर्ताहरुले प्रदेश २ सभा भवनको मूलगेटमा स्वतन्त्र मधेस गठबन्धनको झण्डा समेत फहराएका छन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

2 Comments

  • भावुक संघर्ष

    Sept. 20, 2018, 10:44 a.m.

    सिके रावत को जस्तो खुल्लेयाम देश द्रोह नियन्त्रन गर्न र मदेश समस्या हल गर्न जरुरी छ सरकार

  •  0 Reply
  • भावुक संघर्ष

    Sept. 20, 2018, 10:43 a.m.

    सिके रावत को जस्तो खुल्लेयाम देश द्रोह नियन्त्रन गर्न र मदेश समस्या हल गर्न जरुरी छ सरकार

  •  0 Reply

तपाईको प्रतिक्रिया