एएफसी यु–१६ छनोट प्रतियोगिता : फिलिपिन्ससँग नेपाल ४–० ले पराजित

 असोज ३, २०७५ बुधबार १७:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यु –१६ महिला च्याम्पियनसिप छनौट फुटबलमा नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले पराजित भएको छ ।

अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोट अन्तर्गत समूह ई को खेलमा नेपालले आज कमजोर प्रदर्शन गर्‍यो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल खान पुगेको थियो ।

पहिलो हाफको ४२ औं र अतिरिक्त समयमा फिलिपिन्सले गोल गर्दै २–० को अग्रता  बनाएको थियो ।  दोस्रो हाफ नेपालले खेलमा फर्कने प्रयास गरे पनि मौका नै पाएन । फिलिपिन्सले ७६ औं र ८२ औं मिनेटमा गोल गर्दै  नेपालको चुनाती ४–०ले समाप्त पारेको थियो ।

आजै भएको अर्को खेलमा म्यानमारले मलेसियालाई ३–० ले पराजित गरेको थियो । म्यानमारको जितमा म्याट नोई खिनले ह्याट्रिक गरिन् । उनले खेलको ७५, ८७ र ८९ औं मिनेटमा गोल गरेकी थिइन् ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया