मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउनेको संङ्ख्या २१ पुग्यो

 असोज ३, २०७५ बुधबार १९:६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

विषाक्त रक्सी खाएर अन्य ६ जनाको ज्यान गएको पुष्टि भएको छ ।  मलेसियाको क्लाङ उपत्यकामा अन्य दुईजनाको निजी अस्पतालमा ज्यान गएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्योसहित २१ जनाको बिशाक्त रक्सीका कारण ज्यान गएको छ । त्यस्तै तीन प्रकारका रक्सीमध्ये ग्राण्ड रोयल हुइस्कीमा विषाक्त पदार्थ भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यो रक्सी त्यहाँको खाद्य ऐन १९८३ अनुसार उत्पादन नभएको पनि पाइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार २१ जनाको ज्यान गएको आधिकारिक जानकारी गराएको छ तर निजी अस्पतालबाट सबै तथ्यांक नआएको जनाइएको छ ।

विषाक्त रक्सीका कारण अझै धेरैको ज्यान जान सक्ने पत्रकार सम्मेलनमा त्यहाँको मन्त्रालयले जनाएको छ । मंगलबार विषाक्त रक्सीका कारण ५१ जनामा असर परेको जनाइएको थियो । त्यसमा १९ पुरुषको ज्यान गएको र अन्य १४ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको थियो । त्यहाँको मन्त्रालयका अधिकारीहरुका अनुसार खाद्य सुरक्षा तथा गुणस्तरीय विभागले ती रक्सीको नमुना परीक्षण गरेको जनाएको छ ।

बिरामी तथा ज्यान गएकाहरुले ग्राण्ड रोयल ह्विस्की, मण्डला ह्विस्की तथा किङ फिसर बियर खाएका थिए । तर परीक्षण गर्दा  ग्राण्ड रोयल ह्विस्कीमा विषाक्त पदार्थ भेटिएको तथा त्यहाँको खाद्य ऐन १९८३ अनुसार उत्पादन नगरिएको पाइएको त्यहाँकोे मन्त्रालयले जनाएको छ ।

विषाक्त रक्सीका कारण ६ जना नेपालीको ज्यान गएको छ । बिरामी परेर अस्पताल भर्ना भएका चार जना उपचारपछि डिस्चार्ज भएका छन् भने १२ जना नेपाली कामदारको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । 

मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने र बिरामी हुने नेपालीको नाम खुल्यो

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया