वडा सदस्यको ज्यान गयो, कारण खुल्न बाँकी

 जेठ २२, २०७५ मंगलबार ८:२६:२६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्कीको ज्यान गएको छ । गाउँमै कुटपिटको घटना भएको र त्यसै क्रममा मनाको ज्यान गएको भन्ने प्रारम्भिक खबर आए पनि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र ज्यान जानुको कारण खुल्ने कालिकोटका प्रहरी निरीक्षक निरज चौलागाईँले जानकारी दिनुभयो ।

५६ वर्षकी मनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । गएको आइतबार ज्यान गुमाएकी मनाको शव पोष्टमार्टमका लागि साेमबार जिल्ला अस्पतालमा ल्याइपुर्याइएको हो ।

मनाको हत्या गरिएको दावी गर्दै उहाँका परिवारले प्रहरीमा उजुरी गर्ने तयारी गरेको बताएका छन् । मना स्थानीय तहको चुनावमा एमालेका तर्फबाट दलित महिला सदस्य कोटामा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया