मैत्रीपूर्ण फुटबलमा पत्रकारको टोली विजयी, स्वास्थ्यकर्मीले भने : मोटो हुँदा दगुर्न सकिएन

 असोज ३, २०७५ बुधबार १९:५१:५६ | देव पचभैया
unn.prixa.net

पाल्पा – पत्रकार र स्वास्थ्यकर्मीबीच पाल्पामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार विजयी भएका छन् ।

संविधान दिवस २०७५ को अवसरमा स्वास्थ्यकर्मी मञ्चले तानसेनको टँुडिखेलमा आयोजना गरेको प्रतियोगितामा स्वास्थ्यकर्मीको समूहलाई शून्यका विरुद्ध दुई गोल गरेर पत्रकारको टोली विजयी भएको हो । 

पत्रकार विजय बौडेलको दुई गोलको मद्धतले पत्रकारको टोलीले उपाधी हात पारेको हो  । विजयको गोलबाट खेलको पहिलो हाफमै अग्रता लिएको पत्रकारले खेलको दोस्रो हाफमा पनि विजयकै गोलबाट २–० को जित सुनिश्चित गरेको हो ।  

स्वास्थ्यकर्मीको समूहबाट धेरै पटक गोल गर्ने प्रयास भए पनि असफल भएका थिए  । 

प्रतियोगितापछि स्वास्थ्यकर्मीको टोलीले आफ्नो टिममा धेरै मोटा खेलाडी भएको र दर्गुन नसक्दा हार व्यहोर्नुपरेको प्रतिकृया दिएका छन् ।  

विजयी टिमका खेलाडीलाई जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालले शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्नुभयो । 

 
 

अन्तिम अपडेट: चैत ६, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया