राजपा नेपालले अब सडक, सदन र सरकारमा संघर्ष गर्छ: मन्त्री साेनल

 असोज ३, २०७५ बुधबार २०:१२:२० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले राजपा नेपाnले पनि अब सडक, सदन र सरकारमा संघर्ष गर्ने उद्घोष गर्नुभयो ।

संविधान दिवसको अवसरमा राजपा नेपालले राजविराजमा आयोजना गरेको कालो दिवसको विरोध सभालाई सम्बोधन गर्दै मन्त्री सोनलले सो कुराको उदघोष गरेका हुन । 

मन्त्रीले मधेश आन्दोलनका लागि शहादत प्राप्त गरेका वीर शहीदहरुको सपना साकार पार्नका लागि कालो दिन मनाएको बताएका छन् । 

यस्तै सोनलले मधेशको मुद्धा र मधेशी जनता ठूलो रहेको भन्दै संविधान घोषणा भएको दिनमा जस्तो स्थिति थियो,त्यस्तै अहिलेसम्म पनि कुनै परिवर्तन नभएकाले पनि आज कालो दिन मनाएको स्पष्ट पार्नुभयो । 

मधेशी जनताको रगत, पसिनाबाट संघीयता आएको भन्दै मन्त्री सोनलले संघियता सहितको संविधान चाहिएको स्पष्ट पार्नुभयो । उनले मैथिली ,भोजपुरी ,थारु ,हिन्दी भाषालाई राष्ट्र र मधेशको भाषा बन्नुपर्नेमा जोड दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • गणेश राना

    Sept. 20, 2018, 7:27 a.m.

    बिम्स्टेक राष्ट्रहरुको संयुक्त सैनिक अभ्यासमा भाग नलिएको निहुँमा मधेसी लेण्दुप दोर्जेहरु नेपाल विरुद्ध प्रयोग हुँदै ।

  •  0 Reply
  • Suresh rana

    Sept. 19, 2018, 9:09 p.m.

    तीन सय चौसट्ठी दिन चै तलब भत्ता खाने अनि एक दिन चै कालो दिबस मनाउने।।। कति मूर्ख बनाउछौ हो जनता लाई।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया