एसिया कप : पाकिस्तानले भारतलाई दियाे १६३ रनको लक्ष्य

 असोज ३, २०७५ बुधबार २०:४२:५१ | उज्यालो सहकर्मी

एसिया कप क्रिकेट अन्र्तगत पाकिस्तानले भारतलाई १६३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४३।१ ओभरमा सबै विकेट गुमाउँदै १६२ रनमा अल आउट भएको थियो ।

पाकिस्तानलाई सस्तैमा रोक्ने क्रममा भारतका भुवनेश्वर कुमार र केदार जाधबले समान तीन तीन विकेट लिएका थिए । ३ रन बनाउँदा २ विकेट गुमाएको पाकिस्तानले तेस्रो विकेट ८५ रन बनाउँदा गुमाएको थियो । सुरुआती दुवै विकेट भुवनेश्वर कुमारले लिएका थिए ।

पाकिस्तानका बाबर आजाम र सोयब मलिकले ४७ र ४३ रन बनाउनु बाहेक अन्य ब्याट्समान भारतीय बलर सामू खुलेर खेल्न सकेनन् । अरु सात जना ब्याट्सम्यानले दोहोरो अंकको रन नबनाउँदा फहिम असरफले २१ रन बनाउँदा मोहमद अमिर १८ रनमा नट आउट रहे ।

१८औं ओभरमा आफ्नो स्पेलको पाँचो ओभर बलिङ गर्न आएका हर्दिक पाण्ड्या घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उनले ओभर समेत पुरा गर्न सकेनन् । उनलाई स्टे«चरमा राखेर मैदान बाहिर लगिएको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया