मलेसियामा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन श्रम मन्त्रीको निर्देशन

 असोज ४, २०७५ बिहिबार ६:२७:० | उज्यालो सहकर्मी

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियामा ज्यान गुमाएका नेपालीको शव जतिसक्दो छिटो स्वदेश ल्याउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । यस्तै बिरामी भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न पनि त्यहाँको नेपाली दूतावासलाई निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार मन्त्री विष्टले मंगलबार रातीदेखि नै कुटनीतिक नियोगमार्फत त्यहाँको अवस्थारबो निरन्तर जानकारी लिइराख्नुभएको छ । 

नेपाली दुतावासले स्थानीय प्रशासनसँग शव व्यवस्थापन र बिरामीको उपचारका लागि समन्वय गर्ने काम भैरहेको जानकारी दिएको छ । पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ । 

मलेसियामा विषाक्त रक्सी सेवनका कारण ६ जना नेपालीको ज्यान गएको छ । बिरामी १६ जनामध्ये चारजना डिस्चार्ज भैसकेका छन् । १२ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

मलेसियामा विषाक्त रक्सीका कारण बिरामी भएका चारजना डिस्चार्ज, १२ को अस्पतालमा उपचार हुँदै

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया