युरोपियन च्याम्पियन्स लिगकोे डेब्यूमै रोनाल्डोलाई रातो कार्ड, थामिएन आँसु

 असोज ४, २०७५ बिहिबार ७:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् ।

विहीबार बिहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए ।


 
खेलको २९ औं मिनेटमा रोनाल्डोले खेलमा पहिलो हाफको मध्य तिर बल नियन्त्रणमा लिने क्रममा भ्यालेन्सियाका डिफेन्डर जिएसन मुरिलोको  कपाल तानेको देखिएको थियो । भ्यालेन्सियाका डिफेन्डर मुरिलो लडेका थिए । त्यसपछि रोनाल्डोले रातो कार्ड पाए । रातो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिए पछि युभेन्टस १० खेलाडीमा सिमिति भएको थियो ।

तर भ्यालेन्सियाविरुद्ध १० खेलाडी भए पनि युभेन्टस नै हावी देखियो । युभेन्टसले दुवै गोल पेनाल्टी मार्फत गरेको हो । मिरलेम पेजेनिकले ४५औं तथा ५१औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । पेजेनिक च्याम्पियन्स लिगमा एउटै खेलमा दुई पेनाल्टी प्रहार गर्नेे खेलाडी पनि बनेका छन् ।

रियल मड्रिका लागि यसअघि क्रिष्टियानो रोनाल्डोले सन् २०१५ मा एकै पटक दुई वटा पेनाल्टीमा गोल गरेका थिए । यही समूहको अर्को खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको योङ ब्वाईज एफसीलाई ३–० ले पराजित गरेको छ । युनाइटेडको जितमा पोउल पोग्बाले २ तथा एन्थोनी मार्सेलले एक गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया