सुनसरीमा एकजना मौलानाको गोली हानी हत्या, एक प्रहरी पनि घाइते

 असोज ४, २०७५ बिहिबार १२:४३:४३ | सुमन पुरी
unn.prixa.net

सुनसरी – सुनसरीको भुटाहामा एकजना मौलाना अर्थात् मदरासाका शिक्षकको गोली हानी हत्या भएको छ । भुटाहा गाउँपालिका ३ का मौलाना खुर्सिद आलमको गोली हानी हत्या भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

गोली लागि एकजना प्रहरी पनि घाइते भएका छन् । भारततिरबाट मोटरसाइकलमा आएका दुईजनाले आलमलाई गोली हानी भाग्ने क्रममा सीमा प्रहरी चेकपोष्टले थाहा पाएर रोक्न खोज्दा उनीहरुले प्रहरी माथि नै गोली प्रहार गरेका थिए ।

गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको पनि प्रजिअ उप्रेतीले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी भर्खरै पुगेकाले घटनाको थप विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १७, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

1 Comments

  • मनोज दाहाल

    Sept. 20, 2018, 4:16 p.m.

    अत्यन्तै दुखद खबर.... दिन दहाडै शिक्षकलाई गोलि ठोकिन्छ अनि अपराधी ड्याङ ड्याङ गोलि पड्काउदै भाग्छ, चेली बलात्द्रित गरिन्छ अनि निर्दोसलाई दोषी कबुल गराउन यातना दिइन्छ, सुन काण्डमा पुलिसकै नाम अग्र पंतिमा आउछ, न त अपराधमा कमि आएको छ नत अपराधीलाई पक्राउ गरि कानुनि कारबाही गर्न सकिएको छ, के अपराध प्रति सरकारको संबेदनशीलता र पुलिसको सामर्थमा ह्रास आएकै हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया