१८ किलो चरेससहित दुईजना प्रहरी नियन्त्रणमा

 असोज ४, २०७५ बिहिबार १२:५७:१० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – मष्टा गाँउपालीकाको कार्यलय नजिकैबाट प्रहरीको टोलीले १८ किलो चरेससहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बुधबार बेलुका मष्टा गाँउपालिकाबाट  सदरमुकाम चैनपुरतर्फ झोलामा चरेस ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले चरेससहित मष्टा गाँउपालिका वडा नम्बर २ का २० वर्षीया दीपक बुढा र जयपृथ्वी नगरपालिका १० का हस्ता पुरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताउनुभयो । 

दुवैजनाको झोलाबाट नौ–नौ किलो चरेस फेला पारेको प्रहरीले जनाएको छ । विहीबार दिउँसो १ बजे  पत्रकार सम्मेलन गरेर बरामत चरेस र पक्राउ परेकालाई सार्वजनिक गरिने तयारी भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया