अग्रिम टिकट बुकिङ खुल्ने नखुल्ने फेरि अन्याैल

 असोज ४, २०७५ बिहिबार १३:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने नखुल्ने फेरि अन्याैल भएको छ । भोलिदेखि टिकट बुकिङ खुलाउने सहमति गरेका ब्यवसायीले इन्धनको भाउ बढेको भन्दै बुकिङ खुलाउन आनाकानी गरेपछि बुकिङ खुल्ने नखुल्ने अन्याैल भएको हो ।

यसअघि व्यवसायीले समितिका नाममा रहेका बैक खाता फुकुवा गर्ने शर्तमा भोलि शुक्रबादेखि बुकिङ खोल्ने सहमति जनाएका थिए । तर पट्रोलको भाउ बढेको भन्दै फेरि टिकट बुकिङ खुला गर्न आनाकानी गर्न थालेका हुन् । उनीहरुले घुमाउरो पाराले भाडा बढाउन पाउनुपर्ने बताउन थालेका छन् ।

समस्या समाधानका लागि यातायात व्यवस्था विभाग छलफलमा जुटेको छ । पेट्रोलियमको भाउ बढेको कारण देखाउँदै यातायात व्यवसायीले अग्रिम टिकट नखुलाउने बताएपछि विभागले व्यवसायीसँग छलफल गर्ने तयारी भइरहेको जनाएको छ । यातायात व्यवसायीले पनि आज दिउँसो १ बजे बैठक बसेर आधिकारिक निर्णय गर्ने बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • jitendra singh

    Sept. 20, 2018, 1:39 p.m.

    शिक्षक सेवाको exam नजिक आयो बस नचलेकाले मानसिक समस्या उत्पन्न भएको छ

  •  0 Reply

तपाईको प्रतिक्रिया