श्रम स्वीकृति सेवाका लागि तीन 'शिफ्ट' मा काम शुरु, राति ९ दे...
चैत १६, २०८० शुक्रबार
काठमाडाैं - कलाकार सिताराम कट्टेल (धुर्मुस) ले बिहीबार आफ्नो ३५ औं जन्मदिन मनाएका छन् ।
रेडियो अडियोले विशेष कार्यक्रमको आयोजना गरेको कार्यक्रममा उनले केक काटेर जन्मदिन मनाएका हुन् । कलाकरितासँगै समाज सेवामा समेत सकृय कट्टेलले नयाँ कामका निम्ति अघि बढिरहेको बताए ।
रेडियो अडियोले आयोजना गरेको उक्त जन्मदिन विशेष कार्यक्रममा उनलाई शुभकामना उनकी धर्मपत्नी कुन्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्ने बुढा) लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
धुर्मुसले सुन्तलीलाई सार्वजनिक रुपमै चुम्बन गरेपछि माहोल निकै तातिएको थियो ।
जन्मदिन विशेष कार्यक्रममा सितारामलाई शुभकामना दिँदै श्रीमती कुञ्जनाले सिताराम आफ्नै निम्ति भनेर यो धर्तीमा आएको धारणा राखिन् ।
दुईबीचको माया हिजो भन्दाआज बढ्दै गएको कुञ्जनाको भनाई थियो ।
कार्यक्रमा केदार घिमिरे (माग्ने बुढा)ले सितारामसँगको सहकार्यलाई सरसर्ती सम्झिए । उनले सितारामले देशका निम्ति गरेको योगदानले सिंगो कलाकारिता क्षेत्रको शिर उच्चभएको बताएका थिए ।
दिनको लागि कलाकार ३५ आैं जन्मदिनका अवसरमा थियो । हिजोआजका कुरा टेलिश्रृंखलाबाट कलाकारिता क्षेत्रमा आवद्ध भएका सिताराम यतिबेला कलाकारितासँगै विकास निर्माणमा समेत लागिपरेका छन् ।
उनी केही समय भित्रमा नै चलचित्रनिर्माणमा लाग्ने तयारीमा छन् ।