एसिया कपका लागि भारतले गर्‍याे ३ खेलाडी परिवर्तन

 असोज ४, २०७५ बिहिबार १५:३०:११ | एजेन्सी
unn.prixa.net

एसिया कप क्रिकेटको सुपर फोर राउण्डका लागि भारतले ३ जना खेलाडी परिवर्तन गरेको छ । 

पाकिस्तानविरुद्धको समूह चरणको खेलमा घाइते भएका हार्दिक पाण्ड्यालार्ई टिम बाहिर राखिएको छ । उनलाई गम्भीर चोट लागेकाले तत्काल भारतीय टिममा फर्कने सम्भावना छैन । पाण्ड्याको ठाउँमा दीपक चाहरलाई खेल्नका लागि दिल्लीबाट दुबई पठाइएको छ । 

यसैगरी लेग स्पिनर अक्षर पटेलको ठाउँमा रवीन्द्र जडेजा खेल्ने भएका छन् । अक्षरको औलामा चोट लागेको छ । यसैगरी तिब्र गतिका बलर शार्दुल ठाकुरको ठाउँमा सिद्धार्थ कौललाई भारतीय टिममा समावेश गरिएको छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया