शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौतालाई संसदको स्वीकृति

 असोज ४, २०७५ बिहिबार १५:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ स्वीकृत गरेको छ । 

प्रतिनिधिसभाको बिहिबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नु भएको ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ सर्वसम्मतिले स्वीकृत गरिएको हो । 

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेस सुवालले विश्व शान्ति स्थापनाका लागि आवश्यक पहल गर्न सरकारलाई सुझाव दिनु भएको थियो । यता, गृहमन्त्री थापाले विश्वमा शान्ति स्थापनाका लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै त्यसका लागि ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ पनि स्वीकार गर्नु परेको स्पष्ट पार्नु भयो । उहाँले नेपालको शान्ति र राजनीतिक स्थायित्वलाई सुढुढ बनाउन पनि त्यो सम्झौता उपयोगी हने विश्वास पनि व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्र संघको महासभाले विश्व शान्ति स्थापनामा टेवा पु¥याउने उद्देश्यले कोष्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौंता पारित गरेको थियो । त्यही प्रस्ताव सदस्य राष्ट्रको हैसियतले नेपालले पनि स्वीकार गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया