असफलताले यति जोडले झाप्पड लगाउँछ की त्यसबेला केही महसुस नै गर्न सकिन्न : रणवीर कपूर

 असोज ४, २०७५ बिहिबार १५:५६:५१ | एजेन्सी

अभिनेता रणवीर कपूरले सन् २००७ मा फिल्म ‘सावरिया’ बाट बलिउड डेब्यू गरेका थिए । उनको यो फिल्म बक्स अफिसमा फ्लप भयो ।

तर बलिउडमा स्थापित हुने उनको सपनाको सुरुवात त्यही फिल्मबाट भएको थियो । पछिल्लो फिल्म ‘सञ्जु’ ले एकाएक रणवीरलाई सफलताको शिखरमा पुर्‍याइदिएको छ । तर फिल्म ‘सञ्जु’ अघि उनका फिल्महरु यसरी फ्लप भएका थिए जसको झट्का सायद उनले कहिल्यै बिर्सने छैनन । सायद यसैले हुनसक्छ  रणवीर कपूर उनको ११ वर्षको करियरमा आफूलाई सफलताले भन्दा असफलताले धेरै पाठ सिकाएको कुरा स्वीकार गर्छन् । 

प्रस्तुत छ हालै रणवीरसँग हिन्दुस्तान टाइम्सले गरेको अन्तर्वार्ताको अनूदित अंश

उतार–चढावको सामना गर्दै यहाँसम्म आइपुग्नुभयो, अब त दुवै परिस्थितिलाई सम्हाल्न सक्षम हुनुभयो होला है ? 

वास्तवमा, सफलतालाई ह्यान्डल गर्न निकै सजिलो छ । जब तपार्इँ सफल हुनुहुन्छ त्यस समयमा हामीलाई महसुस नै हुन्न किनकी सबै जना तपार्इँको अघिपछि हुन्छन् र उनीहरु प्रशंसा गरिरहेका हुन्छन् । तर असफलताले हामीलाई धेरै कुरा सिकाउँछ ।

त्यसपछि थाहा हुन्छ कि सफलतालाई सजिलै ह्यान्डल गर्न सकिन्छ । तर असफलता हाम्रो कट्टर प्रतिद्वन्द्वी हो । यसले हामीलाई यति जोरसँग थप्पड लगाउछ कि त्यो त्यसबेला महसुस गर्न नै सकिन्न । तर विस्तारै विस्तारै १/२ वर्षमा थाहा हुन थाल्छ कि तपार्इँ असफल हुनुभएको छ । 

व्यक्तिगत रुपमा, के तपाईँ असफल हुँदा नराम्रो महसुस गर्नुहुन्थ्यो ?

अहँ, मलाई त्यसमा कुनै पनि दुःख मनाउ छैन । मलाई लाग्छ मेरो सफलता भन्दा असफलताले मलाई धेरै कुरा सिकाएको छ । अझै पनि असफलतालाई ह्याण्डल गर्न गाह्रो छ तर तपाईँसँग राम्रो सपोर्ट सिस्टम हुन आवश्यक छ । चाहे त्यो तपाईँको परिवार वा साथीभाइ होस् । जसले तपाईँलाई दुःख परेको बेला साथ सहयोग र हौसला दिउन कि असफलता जीवनको एक मोड हो, अन्त्य होइन । 

तपाईँ जब कठिन परिस्थितमा हुनुहुन्थ्यो, त्यस बेलामा तपाईँप्रति मानिसहरुको व्यवहार परिवर्तन भएको महसुस गर्नु हुन्थ्यो ? 

मलाई लाग्छ मैले त्यस्तो खराब समयको अहिले सम्म सामना गर्नु परेको छैन । म सँग अहिले पनि धेरै व्यक्तिहरुको साथ छ । जसले मलाई मन पराउनुहुन्छ र सोच्नुहुन्छ म एक राम्रो अभिनेता हूँ । उहाँहरुले मलाई साथ र सहयोग दिइरहनुहुन्छ । इमान्दारीका साथ भन्नु पर्दा म एक फिल्मी परिवारमा हुर्किएको व्यक्ति हूँ । म यी सबै कुराहरुको लागि म तयार थिएँ । त्यसैले मैले मेरो सफलतालाई कहिले पनि मेरो टाउको भन्दामाथि चढ्न दिइन न त मैलै असफलतलाई मनमा लिएर हिडेँ ।

भन्नाले तपाईँलाई यस कुराले केही फरक पार्दैन ?

हेर्नुहोस्, यदि कोही व्यक्तिको व्यवहार मप्रति परिवर्तन भइरहेको छ भने मेरो लागि त्यो ठिकै हो । सायद म आफै पनि आफूलाई त्यतिधेरै महत्व दिन्न । मलाई लाग्छ म केवल एक औसत अभिनेता हूँ र सामान्य व्यक्ति हूँ जसले एकदमै राम्रो अवसरहरु पाएको छ । हो, मलाई आफूमाथि भरोसा र आत्मविश्वास छ की म केही खास गर्न सक्छु ।  यही कारण आज म सफल छु । अन्यथा म यो संसारलाई बचाउने काम गरिरहेको छैन । म केवल फिल्महरुमा अभिनय गर्छु त्यसैले यी सब कुरालाई गम्भीरताको रुपमा लिन्नँ । 

तर मानिसहरु तपार्इँ र तपाईँका फिल्महरुबाट धेरै अपेक्षा राख्ने गर्छन नि ?

यो एकदमै राम्रो कुरा हो । यदि मानिसहरु कसैमाथि अधिक सम्भावना देख्छन भने यो उनीहरुको महानता हो साथमा उत्साहजनक पनि तर तपार्इँले पनि फिर्तामा केही दिनसक्नु पर्छ । त्यसैले निरन्तरको संघर्ष र निरन्तर यही प्रयासमा हुन्छु की मेरा फिल्महरु धेरै भन्दा धेरै दर्शहरुसम्म पुर्‍याउन सकौं । म फिल्मका माध्यमबाट धेरै भन्दा धेरै दर्शकलाई खुशी दिन चाहन्छु तर यी सबै कुरा म आफ्नै तरिकाबाट गर्न चाहन्छु । 

अनुवाद : जुनु भण्डारी
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया