अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत

 असोज ४, २०७५ बिहिबार १६:३५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सर्वसम्मत रुपमा नियुक्त हुनुभएको छ । 

संसदीय सुनुवाइ विशेष समितिको आजकोे बैठकले  घिमिरेलाई सर्वसम्मत रुपमा नियुक्त गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले उज्यालोलाई जानकारी दिनुभयो । 

सुनुवाइ समितिमा घिमिरेले आफ्नो कार्यकालमा अख्तियारलाई कसरी अघि बढाउने भन्नेबारेको कार्ययोजना पेस गर्नुका साथै सांसदका प्रश्नको जवाफ दिनुभएको थियो । 
संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो । 

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यवाहक प्रमुख आयुक्तका रुपमा कार्यरत हुनुहुन्छ । 


 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया