ललितपुर जिल्लाव्यापी टग अफ वार (तान डोरी) प्रतियोगिता सम्पन्न

 असोज ४, २०७५ बिहिबार १८:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - नेपाल टग अफ वार (तान डोरी) संघ निल्ला कार्यसमिति ललितपुरको आयोजनामा विद्यालयस्तरीय तान डोरी प्रतियोगिता बुधबार सम्पन्न भएको छ । 

ललितपुर जिल्लाका १७ विद्यालयका २९ टिमको सहभागिता रहेको खेलमा छात्रातर्फ १३ र छात्रतर्फ १६ टिमको सहभागिता थियो ।

छात्रातर्फ निर्मल स्कुल प्रथम, श्रीकुल स्कुल द्वितीय र अनल ज्योति स्कुल तृतीय भएका थिए । त्यस्तै छात्रतर्फ शहिद धर्मभक्त स्कुल प्रथम, ज्ञानोदय बालबाटिका द्वितीय र ब्लुबर्ड स्कुल तृतीय भएका थिए ।

नेपाल टग अफ वार (तान डोरी) संघका अध्यक्ष भवानीप्रसाद पौडेल, उपाध्यक्ष मदन कुमार खरेल, केन्द्रीय सचिव देवीप्रसाद घिमिरेलगायतका पदाधिकारीरुले पुरस्कार विजेता तथा उप-विजेताहरुलाई शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रम ललितपुर जिल्ला अध्यक्ष्य दिपकराज जोशीको संयोजनमा सम्पन्न भएको थियो । शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा स्वच्छ, सामाजिकरुपमा सकृय बनाउँदै अनुशासित नागरिक उत्पादन गर्ने उदेश्यले टग अफ वार (तान डोरी) उपयोगी सिद्ध हुने कुरा केन्द्रीय अध्यक्ष पौडेलले बताउनुभयो ।

सानो ठाउँमा पनि खेलाउन सकिने खेलटग अफ वार (तान डोरी)ले निकट भविष्यमा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने कुरा सचिव घिमिरेले बताउनुभयो ।

छात्रातर्फ  ३७५ केजी र अ  छात्रतर्फ  ४५० केजी समूहमा प्रतियोगिता सम्पन्न भएको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया