रसियाको एन्टी–डोपिङ एजेन्सीमाथि लागेको प्रतिबन्ध फुकुवा

 असोज ४, २०७५ बिहिबार १९:१२:३ | एजेन्सी
unn.prixa.net

विश्व एन्टी–डोपिङ एजेन्सी वाडाले रसियाको एन्टी–डोपिङ एजेन्सीविरुद्ध लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

रसियाको एन्टी–डोपिङ एजेन्सीको चौतर्फी आलोचना भइरहेका बेला वाडाको कार्यकारी समितिले रसियामाथि लगाएको प्रतिबन्ध तीन वर्षपछि फुकुवा गरेको हो ।

विशेष अवस्थामा यो प्रतिबन्ध फुकुवा गरिएको वाडाले जनाएको छ । वाडाले चाहेको अवस्थामा मस्को ल्याब्रेटोरीले खेलाडीको डाटा र नमुना उपलब्ध गराउनु पर्ने शर्त समेत राखेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया