सभापतिका लागि एक/एक जनाको मात्र उम्मेदवारी

 असोज ५, २०७५ शुक्रबार ७:१८:२३ | रासस
unn.prixa.net

काठमाडौं – सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने चुनावमा प्रत्येक समितिको सभापति पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी परेको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाहको उम्मेदवारी परेको छ । 

सभापतिमा उम्मेदवारी दिनुहुनेमध्ये आठ जना नेकपाका सांसद हुनुहुन्छ भने श्रीवास्तव सङ्घीय समाजवादी फोरम र शाह नेपाली काङ्ग्रेससँग आवद्ध हुनुहुन्छ ।

सभापति पदमा उम्मेदवारी दिनका लागि विहीबार बिहान ११ देखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । दश वटै विषयगत समितिका सभापति शुक्रबार बिहान ११ बस्ने त्यही समितिको बैठकले निर्वाचित भएको घोषणा गर्नेछ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया