अफगानिस्तानले बंगलादेशलाई १३६ रनले हरायो

 असोज ५, २०७५ शुक्रबार ७:२९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले पराजित गरेको छ । गएरातिको खेलमा २५६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा ११९ रन बनाउँदै अल आउट भयो ।

बंगलादेशका सर्वाधिक ३२ रन बनाउँदा मोहमदुल्लाहले २७ तथा मोसादिक हसनले नट आउट २६रन मात्र बनाउन सके । बंगलादेशका ८ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बंगलादेशलाई रोक्ने क्रममा अफगानिस्तानका रासिद खान,मुजिबर रहेमान गुलाबदिन नाबिले दुई–दुई विकेट लिएका थिए ।

टस जिति पहिला ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेटको नोक्सानीमा २५५ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ५८ रनको पारी खेलेका थिए । यसैगरी अफगानिस्तानका अलराउण्डर रासिद खानले विस्फोटक ब्याटिङ गर्दै ५७ रन जोडेपछि टिमले बलियो स्कोर खडा गर्न सफल भएको थियो । 

रासिदले ३२ बलमा ८ चौका तथा १ छक्का प्रहार गरे । त्यसैगरी गुलाबदिन नहिब पनि ४२ रनमा नट आउट  रहे । उनले ३८ बलमा ५ चौका प्रहार गरेका थिए ।

बंगलादेशका सकिबअल हसनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका हसनले १ ओभर मेडन राख्दै ४२ रन खर्चिए ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया