प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
युरोपा लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । विहीबार राति भएको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब आर्सनलले युक्रेनको भोरसाक्ला एफसी लाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
३२ औँ मिनेटमा आबुमियाङको गोलमार्फत अग्रता लिएको आर्सनलले ड्यानी वेलबेकले ४८ औ मिनेटमा अग्रता दोब्बर पारेका थिए । आबुमियाङले ५६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० मा पुर्याएका थिए ।
७४ औ मिनेटमा मेसुट ओजिलले गोल थपेपछि आर्सनल ४–० ले अघि बढेको थियो । तर ७६आैँ मिनेटमा पोल्टाभाका चेस्नाभोले र अतिरिक्त समयमा भिएचास्लाभ सार्परले गोल गर्दै भोरसाक्लाको अन्तर ४–२ मा ल्याए पनि हार टार्न भने सकेन । समूह इकै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले अजरबैजानको क्वाराबागलाई २ –० गोलले पराजित गरेको छ ।
लिस्बोनको जितमा राफेल विलोलीले ५४ औं तथा जोवानी कार्भालले ८८ औं मिनेटमा गोल गरेका थिए ।