चेल्सीको कठिन जित

 असोज ५, २०७५ शुक्रबार ८:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपा लिग फुटबलको समूह एलमा रहेको इंग्लिस क्लब चेल्सीले ग्रिसको पाओके एफसीमाथि १–० को कठिन जित निकालेको छ ।

विहीबार रातिको खेलमा पहिलो हाफको ७ औं मिनेटमा गरेको गोल नै चेल्सीका लागि निर्णायक सावित भयो । चेल्सीका विलियन डि सिल्भाले एकमात्र निर्णायक गोल गरेका थिए । 

यो समूहको अर्को खेलमा बेल्जियमको जेनेकले स्वीडेनको माल्मोलाई २–० ले पाखा लगाएको थियो । जेनेकको जितमा लियोनार्दो टोसाडले ३७ औं तथा मिवाना स्मत्ताले ७७औ मिनेटमा गोल गरेका थिए ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया