पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न निर्देशन

 असोज ५, २०७५ शुक्रबार १२:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न थालेको छ । इन्धन ढुवानीमा असयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार ट्याङकर चालक र इन्धन ढुवानीकर्ताले तत्काल ढुवानी नथाले  निगम आफैँले कडा सुरक्षाकाबीच ढुवानी थाल्नेछ । त्यसका लागि निगमले आफैँले ६० जना चालकलाई तयारी अवस्थामा राखेको छ । 

यस्तै निगमले अब आफैँले ढुवानीका लागि ट्याङकर किन्ने तयारी गरेको निगमका निमित्त कार्यकारी निर्देशक शुसिल भट्टराईले बताउँनुभयो । 

‘निगमसँग ट्याङकर नहुँदा ढुवानीमा धेरै समस्या भयो, अब निगमले आँफैले ट्याङकर  खरिद गर्नेछ, यो विषयलाई हामीले पहिलो प्राथमिकतामा राखेका छाैं’, उहाँले भन्नुभयो । चालकले पेट्रोलियम पदार्थको ढुवानी रोकेसँगै काठमाडौं उपत्यकासहित देशभरको पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

12 Comments

  • Nk

    Sept. 21, 2018, 8:13 p.m.

    यस्ता हावादारी कुरा सुन्दा सुन्दा जनता वाक्क भइसके , नाकावन्दीको समयमा निगमका प्रमुखले भनेका थिए काम कति भयो ? जनतालाई मुर्ख नसम्झनु , हावादारी कुरा गर्न बन्द गर्नु, कुरा हैन काम गर्नु /

  •  0 Reply
  • BulleT

    Sept. 21, 2018, 7:38 p.m.

    aabo aafai le tanker china bata magaunu parxa .....? k bhannu hunxa tapai le ...?

  •  0 Reply
  • प्रकाश श्रेष्ठ

    Sept. 21, 2018, 6:36 p.m.

    यो काम चाडै गर्नु पर्यो

  •  0 Reply
  • buddhiman tamang

    Sept. 21, 2018, 5:11 p.m.

    चालक नयाँ भएमा दुर्घटना धेरै नै हुने सम्भावना हुनाले यो निर्णयले दुर्घटना अपनाउँछ , नराम्रो असर पर्छ /त्यसैले यसमा ध्यान दिनु जरुरी छ /

  •  0 Reply
  • Bidur

    Sept. 21, 2018, 4:04 p.m.

    यस्ता हावादारी कुरा सुन्दा सुन्दा जनता वाक्क भइसके , नाकावन्दीको समयमा निगमका प्रमुखले भनेका थिए काम कति भयो ? जनतालाई मुर्ख नसम्झनु , हावादारी कुरा गर्न बन्द गर्नु, कुरा हैन काम गर्नु /

  •  0 Reply
  • Ghanta bahadur

    Sept. 21, 2018, 4:02 p.m.

    सरकारले गर्न पर्यो , जे जसो भए पनि जनतालाई पेट्रोल दिलाउन पर्यो, फोकटमा लिने होइन, पैसा दिने नै हो / हामीले ११४ रुपियाँ पनि तिरेकै छौँ / जनतालाई दु:ख धेरै भयो भने नागरिक चुप लागेर बस्ने छैन /

  •  0 Reply
  • Prem adhikari Kathmandu

    Sept. 21, 2018, 2:41 p.m.

    बल्ल आंखा खुलेकोमा धन्यवाद /

  •  0 Reply
  • Surya L. Maharjan

    Sept. 21, 2018, 2 p.m.

    Khali naam matrako oil nigam bhayera hunchh ? Tanker binako NOC bhneko khutta binako manchhe ho. Tanker wala lai aba NOC aafaile tanker kinchhau bhaera news prakasit bhayeko chha tyo ta ma pani patyaudina , kohi pani patyaudaina. Kina bhane yetro barsha NOC le ke heri basyo ? Testa tanker wala haru lai laat hannu parchh NOC ko aafnai tanker hunu parchh ani testa jhina masina tanler haru musa banera NOC ko chakari garna aaunchh. Lau ta NOC must buy maximum TANKER and not give any job to the poor private tanker owner. This will be another way developed NOC itself and force to helping out people to be stable continued running government. How is my penion !!!!!!!

  •  0 Reply
  • Kaji sherpa

    Sept. 21, 2018, 1:49 p.m.

    Aba sarkar le kada se kade kadam chalnu nai parxha.. ra naya chalak lai anumati dinu pacha.. jati pani bichaulia lai Nirutsahit banai sarkhar le junai chetra ma pani kada action linu parcha.. bhanne lagcha..

  •  0 Reply
  • Saphal khadka

    Sept. 21, 2018, 1:38 p.m.

    Tata ko gaadi laai start garna key chaidaina hajur,key khosera problem solve hudaina,yesko laagi paila proper rules and regulations banayara kaam garum!!!

  •  0 Reply
  • शिव पौडेल

    Sept. 21, 2018, 1:32 p.m.

    यस्ता साना साना संगठन ले पनि सरकार लाई जित्न खोज्छन् भने सरकार ले पनि खुट्टा दर्हो गर्नै पर्छ

  •  0 Reply
  • pradip timalsina

    Sept. 21, 2018, 1:27 p.m.

    अब चालक ले चोरी गर्न पाएन अनि आन्दोलन त गर्नै पर्यो नि निगम ले खै के किन्ला ट्यांकर ।आन्दोलन हुन जेल।यस्तो गर्छु र उस्तो गर्छु भन्ने हो

  •  0 Reply

तपाईको प्रतिक्रिया