सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु

 असोज ५, २०७५ शुक्रबार १३:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अमेरिकाको १५ हजारभन्दा बढी एजेन्ट (आउटलेट) र विश्व भरी १३० भन्दा बढी देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । 

यो सेवा सुरु भएपछि  अमेरिकामा रहेको कुनै पनि नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले  दिनु भएको छ ।

यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गर्नु भएको थियो । सिगेका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले  सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधिमार्फत सहकार्य गर्दै जाने बताउनुभयो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै विगत १२ वर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजारभन्दा बढी नेपालका एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया