सप्तरीमा फैलिएको संक्रमण स्वाइन फ्लु होइन: महाशाखा

 असोज ५, २०७५ शुक्रबार १३:२७:५४ | सुमित्रा कोइराला

उदयपुृर – सप्तरीको उत्तरी क्षेत्रमा पर्ने पालिकाहरुमा देखिएको संक्रमण स्वाइन फ्लू भनेर चिनिने एचवान एन वान भाइरस नभएको पुष्टि भएको छ । 

मृतकहरुको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परिक्षण गर्दा मृतकको नमुनामा स्वाइन फ्लुको भाइरस फेला नपरेको हो । 

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापन शाखा प्रमुख डा प्रकास प्रसाद साहका अनुसार सप्तरीको कन्चनरुप र हनुमाननगर नगरपालिकामा देखिएको संक्रमण मौसमी रुघाखोकी भएको बताउनुभएको ।

सप्तरीमा स्वाइन फ्लूको भएको सार्वजनिक भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व गरेर सप्तरी आउनुभएका डा. साहले सिजनेवल फ्लू (मौसमी रुघाखोकी) मात्र भएको जानकारी दिनुभयो । 

‘हामीले मृत्यु भएकाहरुको नमुनाको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा स्वाइन फ्लूले बिरामीको मृत्यु भएको भेटिएन ।’ डाक्टर साहले भन्नुभयो ‘सप्तरीमा देखिएको संक्रमण सिजेनवल फ्लु हो, जसलाई स्वाइन फ्लु, र हङकङ फ्लु भनिँदैन ।’ 

सप्तरीको सप्तकोशी नगरपालिका क्षेत्रमा निरीक्षणको क्रममा आउनुभएका साहले बाहिर हल्ला गरे जस्तो गरी महामारी नरहेको उनले दावी गर्र्नुभयो । कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य शिविर सञ्चालन गरेर नमुना संकलन गरेको थियो । 

रुघाखोकी तथा उच्च ज्वरो लगायतका लक्षण देखिने रोगका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई सातामा तीन जना बालक र एक महिला गरी चार जनाको मृत्यु भएपछि महाशाखाको टोली सप्तरी जिल्लामा परिचालित छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया