प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – सरकारले सवारी साधनहरुमा पेट्रोल खपतको कोटा तोकिदिएको छ ।
सवारी चालकहरुको विरोधका कारण पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा असहज भएको भन्दै सरकारले मोटरसाइकल तथा स्कुटरलाई ५ लिटरसम्म पेट्रोल उपलब्ध गराउने भएको छ । त्यस्तै साना सवारी साधन कार, भ्यान आदीलाई १५ लिटरसम्म पेट्रोल उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ ।
डिजेलबाट सञ्चालन हुने छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीलाई बढीमा १०० लिटर इन्धन उपलब्ध गराइने निगमले जनाएको छ ।
निगमले एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारीलाई उच्च प्राथमिकतामा राखेर इन्धन वितरण गर्न सूचना जारी गरेको छ ।