ए डिभिजन लिगको ट्रफी रत्नराज्य स्कुल पुग्यो

 असोज ५, २०७५ शुक्रबार १६:२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग ट्रफी टुर अन्तर्गत शुक्रबार बानेश्वरमा रहेको रत्नराज्य स्कुलमा कार्यक्रम गरिएको छ ।

राष्ट्रिय खेलाडी अञ्जन विष्टसँगै मनाङ मर्स्याङ्दी क्लबका पुजन उपरकोटी कार्यक्रममा सहभागी थिए । कार्यक्रममा हास्य कलाकारद्वय दिपाश्री निरौला र जितु नेपाल ‘मुन्द्रे’ले विद्याथीसँग साक्षात्कार गरेका थिए ।

प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र नवीन महर्जनले माध्यामिक स्तरका विद्यार्थीलाई फुटबल प्रशिक्षण गराएका थिए ।

विद्यालयका उपप्रधानाध्यापक जीवनप्रकाश रेग्मीले अखिल नेपाल फुटबल संघ एन्फाको यो फुटबल जागरण अभियानको प्रशंसा गरे । साथै उनले २५०० भन्दा बढी विद्यार्थी रहेको रत्नराज्य स्कुललाई कुनै मैदान उपलब्ध गराएमा त्यहाँबाट राष्ट्रिय खेलाडी उत्पादन हुन सक्ने बताए । 

‘फुटबल खेल्न हामीलाई समस्या छ । हामी नजिक रहेको च्यासल मैदान महिनामा कम्तीमा एक दिन उपलब्ध गराउनु भयो भने यहाँबाट नै राष्ट्रिय प्रतिभा उत्पादन गर्छौँ’, उपप्रधानाध्यापक रेग्मीले भने ।

कार्यक्रम अर्का अतिथि तथा कलाकार जितु नेपालले भने एन्फा र सरकारले छिटोभन्दा छिटो मैदान निर्माण गर्नु पर्ने कुरामा जोड दिए । यस्तै दीपाश्री निरौलाले विद्यार्थीहरुलाई शिक्षासँगै खेलकुदमा लाग्न सुझाव दिइन् । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया