लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन दलहरुबीच समन्वय आवश्यक छ : उपप्रधानमन्त्री यादव

 असोज ५, २०७५ शुक्रबार १६:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर हुन नदिन दलहरुबीच निरन्तर छलफलको आवश्यक्ता रहेको बताउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई सही बाटोमा अघि बढाउन राजनीतिक दलहरुबीच व्यापक अन्तर सम्वाद हुनुपर्नेस्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री यादवले मुलुकमा विद्यमान विकृति अन्त्य नगरे मुलुक  अनिश्चयको भूमरी फस्ने दावी गर्नुभयो । उहाँले संघीयतालाई असफल बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया