मोहर्रमको ताजिया विसर्जन (भिडियोसहित)

 असोज ५, २०७५ शुक्रबार १७:५७:१९ | गोविन्द शर्मा

बाँके – मुस्लिम समुदायले बिहीबार घरघरमा स्थापना गरेका ताजिया शुक्रबार सामूहिक रुपमा घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरिएको छ ।

मुस्लिम समुदायहरु बाजागाजासहित नेपालगञ्ज लगायतका विभिन्न स्थानमा कर्बलामा ताजिया विसर्जनका लागि पुगेका थिए । ताजिया विसर्जन भएको दुईदिन पछि हुने विशेष फातियामा गरिब तथा विपन्न समुदायका व्यक्तिहरुलाई खाना पकाएर खुवाउने प्रचलन रहेको मुस्लिम अगुवा हाजी शकील अहमद कादरीले जानकारी दिनुभयो । 

इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४० को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ ।   मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औ दिन विशेष महत्वको हुने गर्दछ । 

मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन रहेको छ ।  मोहर्रमका आलम राख्ने र विशेष गरी ताजिया राख्ने गरिन्छ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा करोड बढीका ताजिया राखिएको अनुमान गरिएको छ । 

इराकको कर्वला सहरमा पैगम्बर मोहम्मदका नातिसहित परिवारका सदस्य र अन्य शहीद भएको सम्झनामा मोहरम मनाउने गरिएको हाजी कादरीले बताउनुभयो ।

हेर्नुहाेस् भिडियाे

 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया