मोहर्रम पर्व मनाइयो

 असोज ५, २०७५ शुक्रबार १८:१९:२६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – मुस्लिम समुदायको पर्व मोहर्रम शुक्रबार कपिलवस्तुमा पनि धुमधामको रुपमा मनाइएको छ ।

झण्डै १ हजार ३ सय ८० वर्ष पहिले इराकको करवला शहरमा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका नाति हुसेनको हत्या गरिएको शोकको रुपमा मोहर्रम पर्व मनाउने गरिन्छ ।

यो शोकको पर्व हो । यस पर्वका अवसरमा मुस्लिम समुदायले चोखो मनबाट नमाज पढ्ने, दिन भर उपवास बस्ने, स्वर्गीय हुसेनको सम्झनामा गरिब गुरुवाहरुलाई खाना खुवाउने, दान गर्नेलगायतका कार्यहरु गर्ने तौलिहवाका मौलाना नुर मोहम्मदले बताउनुभयो ।

पछिल्लो समय यो पर्वलाई यहाँका हिन्दु समुदायले पनि मनाउने गरेका छन् । धार्मिक सद्भावको पर्वको रुपमा यसलाई यहाँका हिन्दु तथा मुस्लिम समुदायले मनाउने गरेका हुन् । शोक पर्वका अवसरमा शुक्रबार हरेकको घर घर अगाडि राखिएको ताजिया बाबालाई नजिकका करवलाहरुमा लगेर बिर्सजन गरिएको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया