साप्ताहिक शेयर समीक्षा : असोज पहिलो हप्ताको शेयर कारोबारमा निकै उत्साह

 असोज ५, २०७५ शुक्रबार १९:२४:३९ | ज्याेति दाहाल
unn.prixa.net

असोज महिनाको पहिलो हप्ताको शेयर कारोबारमा निकै उत्साह आएको छ । सूचकमा खासै बढोत्तरी नआए पनि कारोबार रकममा उत्साह आएको हो । सूचकलाई खेलाउने मुख्य भूमिका रहने १० देखि १५ वटा कम्पनीमध्ये नेपाल टेलिकमको शेयर मूल्यमा आइरहेको उतारचढावले सूचकलाई तलमाथि पारेको छ ।

यहीबेला वाणिज्य बैंक बाहेकले लाभांश घोषणा गर्दै साधारणसभाको लागि बुक क्लोज गर्न थालेको हुँदा केही मात्रामा यस्ता कम्पनीको मूल्यमा आएको बढोत्तरीले कारोबार रकम बढ्नमा मद्दत पुर्याएको देख्न सकिन्छ ।

विकास बैंक र लघुवित्तले नगद र बोनस लाभांशमा घोषणा गरेकाले वाणिज्य बैंकले पनि बोनस समेत घोषणा गर्ने आशामा लगानीकर्ताले वाणिज्य बैंकतर्फ लगानी बढाएका देख्न सकिन्छ । कतिपय विकास बैंकले दिन मिल्ने जति रकम बोनस लाभांश घोषणा गरेको स्थिति हेर्दा यिनले कुनै वाणिज्य बैंकसँग मर्ज हुन बार्गेनिंग गर्न खोजेको हुन कि जस्तो पनि देखिएको अनुमान गर्न सकिन्छ ।

पूँजीकोष पर्याप्त भएका विकास बैंकले पुनः पूँजी थप्नुले यही कुराको संकेत गरेको छ । कारोबार रकम गत हप्ताभन्दा २४ दशमलव ९१ प्रतिशतले बढेको छ । यसहप्ता र गत हप्ताको गतिविधि तालिकामा देखाइएको छ :

 यस साता कारोबार रकम १९ करोड ९० लाख ५० हजार, ५ लाख ५३ हजार कित्ता र १४ सय ५७ वटा कारोबार सहित एनएमबी बैंक पहिलो भएको छ । रकमको आधारमा एनएमबी बैंकपछि एनआईसी एसिया बैंक, सानिमामाई हाइड्रोपावर, नेपाल बैंक र प्रभु बैंक क्रमशः रहेका छन् ।

साताको सूचीकरण 

यस हप्ता देव विकास बैंकको बोनस शेयर सूचीकरण भएको छ । 

सूचकको उतारचढाव 

नेप्से सूचक र समूहको उतारचढाव निम्न बमोजिम रहेको छ :


नयाँ शेयर र हकप्रद

नेप्से सूचक पहिलो दिनको तुलनामा दोस्रो दिन सामान्य घटे पनि तेस्रो दिन बढेर अन्तिम दिन १ अंक भन्दा बढी घटेर बन्द भएको छ । समूहगत परिसूचकमा वाणिज्य बैंक समूहको परिसूचक साताको पहिलो दिनको तुलनामा घटेर बन्द भएको छ भने अगिल्लो साताको तुलनामा बढेर बन्द भएको छ । निर्जीवन बीमा समूह पहिलो दिनको तुलनामा अन्तिम सर्वाधिक १ सय ७० अंक बढेर बन्द भएको छ । यस हप्ता शेयर कारोबार ४ दिन मात्र खुलेको थियो । 

चालू रहेका अन्य शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ  ः 

लाभांश घोषणा 

चालू हप्ता पनि वाणिज्य बैंकले लाभांश घोषणा गर्लान् भनेर पर्खेका लगानीकर्ता रित्तै हुन पुगेका छन् । लाभांश घोषणा गरेका कम्पनीले साधारणसभा समेत घोषणा गर्न थालिसकेका छन् । अहिलेसम्म घोषित लाभांश विवरण तालिकामा उल्लेख गरिएको छ :


पारित लाभांश 

लाभांश घोषणा भए पनि साधारणसभा नभएसम्म घोषित लाभांश केवल घोषणामा नै सीमित रहन्छन् । अहिलेसम्म म्युचुअल फण्ड र एक जलविद्युत कम्पनीको मात्र लाभांश पारित भएको छ । पारित भएका लाभांशको सूची तालिकामा प्रस्तुत गरिएको छ :

साधारण तथा विशेष सभा 

कम्पनीहरुले साधारणसभा समेत शुरु गर्न थालेका छन् । विशेष प्रस्ताव पारित गर्न विशेष सभा समेत बोलाएका छन् ।

 


मनोनयन र नियुक्ति 

लुम्बिनी विकास बैंकको संचालक समिति अध्यक्षमा चिन्तामणि भट्टराई निर्वाचित भएका छन् । सिटी एक्सप्रेस फाइनान्सले कृष्णप्रसाद घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । फर्स्ट माइक्रोफाइनान्सले रीता दीक्षितलाई स्वतन्त्र संचालकमा मनोनय गरेको छ । 

अन्य गतिविधि 

नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय कमलादी गणेशस्थानमा स्थानन्तरण भएको छ । नेपाल स्टक एक्सचेन्जले बिलम्व गरी मूल्य संवेदनशील सूचना दिएको भन्दै रोक्का राखेको युनिलिभर नेपालको कारोबार खुला गरेको छ । धितोपत्र बोर्डले चौतारी लघुवित्तलाई साधारण शेयर निष्काशन गर्ने अनुमति दिएको छ । 

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, शुभम पावर कम्पनी, जनसेवी लघुवित्त र आशा लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् । ग्रीन लाइफले स्थानीयका लागि र बाकी कम्पनीले सर्वसाधारण लागि अनुमति मागेका हुन् ।

नेपाल स्टक एक्सचेन्ज लि. ले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणालीकार्यान्वयन गर्ने सिलसिलामा अन्तिम चरणको कार्यहरु गरिरहेकोले आश्विन २ गतेबाट आमलगानीकर्ताबाटै मोक ट्रेडिङ सुरु गरेको छ । यसकोप्रयोग सम्बन्धमा [email protected] मा राय सुझाव दिन अनुरोध हरेको छ |

त्यस्तै नेप्सेले लगानीकर्ताहरुद्वारा Mock Trading गर्न Password reset गर्न नसकिएको, OTP  प्राप्त नभएको, जस्ता गुनासाहरु धेरै मात्रामा आएको हुँदा सम्पूर्ण ब्रोकर सदस्यहरुलेआफ्नो client को valid email address तथा mobile no हाल संचालनमा रहेको नेप्से कारोबार प्रणाली(NEPSE CTS ) मा अनिवार्य रूपमा  update गर्नहुन र गानीकर्ताहरुले समेतआफ्नो valid email ब्रोकरहरुलाई प्रदान गरि update गर्न/गराउनहुन अनुरोध गरेकोछ |

अन्तिम अपडेट: बैशाख १२, २०८१

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया