खुर्शिद आलमको हत्याबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन, परिवारले शव बुझे

 असोज ५, २०७५ शुक्रबार १८:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले सुनसरीका मुस्लिम अगुवा मौलाना खुर्शिद आलमको हत्याका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

प्रदेश नम्बर १ का एएसपी किशोर दाहालको नेतृत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिले १५ दिनभित्र हत्याको विस्तृत विवरण बुझाउने छ । समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, उप–अनुसन्धान निर्देशक तुलसी प्रसाई, प्रदेश एकका आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र सुनसरी जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य हुनुहुन्छ ।

२४ घण्टा बित्दा पनि आलमको हत्यारा पत्ता नलागेको भन्दै सुनसरीका मुस्लिम अगुवाले विरोध जनाएका छन् । सुनसरीको भुटाहा गाउँपालिका ३ का खुर्सिद आलमको बिहीबारे गोली हानी हत्या भएको थियो ।

शुक्रबार दिउँसो स्थानीयवासी, राजनीतिक दल र मुस्लिम अगुवाहरुबीच भएको सहमति पछि आलमको शव परिवारले बुझेका छन् । पीडित पक्षलाई गृहमन्त्रीसँग भेटघाटको अवसर दिने, उच्चस्तरीय छानबिन समिति बनाउने र क्षतिपूर्ति र शहीद घोषणा गर्न पहल गर्ने सहमति भएसँगै उनीहरुले शव परिवारले बुझेका हुन् । शव बुझसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया