एसिड आक्रमणमा बाँचेकी युवतीलार्इ अक्षय कुमारले गरे अार्थिक सहयाेग

 असोज ५, २०७५ शुक्रबार १८:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा एक वर्षमा सबैभन्दा धेरै फिल्ममा काम गर्ने अभिनेता हुन अक्षय कुमार । उनी अभिनयका कारण जति चर्चामा हुन्छन् त्यति नै चर्चा उनले सामाजिक क्षेत्रमा गरेको कामका कारण कमाउँछन् ।

तर उनी आफ्ना सामाजिक कार्यहरुलाई मिडियादेखि टाढा नै राख्ने कोशिशमा हुन्छन् । तर पनि उनले सामाज सेवाका लागि गरेका कामहरु मिडियाबाट लुक्न सकेको छैन । 

यतिबेला उनले एसिड आक्रमणमा बाँच्न सफल भएकी एक युवतीलाई आर्थिक सहयोग गरेका कारण चर्चामा छन् ।  

एसिड आक्रमणमा बाँच्न सफल लक्ष्मी अग्रवाल स्वयमले अक्षयले आफूलाई आर्थिक सहयोग गरेको कुरा सार्वजनिक गरेकी छिन् ।

उनले भनेकी छिन् ‘एक वर्षदेखि मसँग कुनै पनि काम थिएन । यो कुरा अक्षयले थाहा पाउनेबित्तिकै मलाई पाँच लाख रुपैयाँ पठाइदिनु भयो, उनले अगाडि भनिन् ‘यस कुराले म निकै खुशी भएकी छु । मलाई म र मेरी छोरी अब एक्लो नरहेको महशुश भइरहेको छ ।’

यस विषयमा अभिनेता अक्षय कुमारले भने,‘मलाई यस विषयमा कुरा गर्न लाज लागिरहेको छ । मैले एसिड आक्रमणमा बाँच्न सफल लक्ष्मीलाई सानो सहयोग गरेको हुँ । जसबाट लक्ष्मी आफ्नो घरको भाडा, उनकी छोरीको रेखदेख र खानपानको चिन्ता नलिएर आफ्नो लागि राम्रो नोकरी खोज्न सकुन ।  हामी सबैले यो बुझ्न जरुरी छ की मेडल, अवार्ड र सर्टिफिकेटले पेट पाल्न र घर चलाउनमा सहयोग गर्दैनन् । यदि हामीले कसैलाई सहयोग गर्नुछ भने त्यो व्यवहारिक हुनु जरुरी छ ।’

अक्षय कुमारले मिडियामा भनेको यो कुरा सार्वजनिक भएपछि लक्ष्मीलाई नोकरीको लागि २०० भन्दा बढी फोनहरु आइसकेका छन् । लक्ष्मी यतिबेला भारतको दिल्लीमा बस्दै आइरहेकी छिन् । अक्षयले गरेको सहयोगका कारण लक्ष्मी खुशी त भइन् नै, साथमा अक्षयको पनि चौतर्फी प्रशंशा भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया