ढोरपाटन राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता: एपीएफ र गण्डकी प्रदेश फाइनलमा

 असोज ५, २०७५ शुक्रबार २०:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - काठमाडाैंमा जारी पाँचौ ढोरपाटन राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा एपीएफले गीताञ्जली कलेजलाई र गण्डकी प्रदेशले ढोरपाटनलाई पराजित गर्दै  उपाधि भिडन्त पक्का गरेका हुन् ।

नयाँ बसपार्कस्थित भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा एपीएफले गिताञ्जलीलाई ३–० को सेटमा पराजित गरेको थियो । पहिलो सेट  २५–२२ ले जितेको एपीएफले दोस्रो र तेस्रो सेट २५–१८ र २५–१७ ले आफ्नो पक्षमा पारेको थियो ।

 शुक्रबारनै भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश पोखराले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३–१ले पराजित गरेको थियो ।

 पहिलो सेट २२–२५ ले  पराजित भएको गण्डकी प्रदेशले  पछिल्ला तीन सेट जित्दै फाइनलमा पुगेको हो ।  गण्डकीले दोस्रो तेस्रो र चौथो सेट क्रमश २५–२१, २५–२३  र २५–१० ले जितेको थियो । प्रतियोगिता अन्तर्गत फाइनल खेल शनिबार हुने छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया