सरकारले लगायो यौनजन्य अश्लील सामग्रीको प्रशारण र प्रकाशनमा रोक

 असोज ५, २०७५ शुक्रबार २१:२२:४ | उज्यालो सहकर्मी

काठमाडौं - सरकारले यौनजन्य अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रशारणमाथि बन्देज लगाएको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मुलुकी अपराध(संहिता) ऐन, २०७४ को दफा २१ तथा अन्य प्रचलित काननु बमोजिम अश्लील सामग्रीहरुको प्रकाशन र प्रशारणमा बन्देज लगाएको जनाएको छ ।

विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट अश्लील सामग्रीको प्रकाशन तथा प्रशारणले समाजमा यौनजन्य हिंसा तथा विकृति सिर्जना भएको भन्दै मन्त्रालयले त्यस्ता सामग्रीमाथि रोक लगाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सरकारको निर्देशनपछि नेपालमा वेबसाइटमार्फत प्रकाशन तथा प्रसारण हुँदै आएका यौनजन्य सामग्रीमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Raju parasd Gyawali

    Sept. 22, 2018, 11:40 a.m.

    सरकार ! छोरी चेलीलाई बलात्कारवाट बचाउ /

  •  0 Reply

तपाईको प्रतिक्रिया