च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बार्यन सेमिफाइनलमा : सिटी र...
बैशाख ६, २०८१ बिहिबार
एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानलाई अफगानिस्तानले २५८ रनको लक्ष्य दिएको छ ।
एसिया कपमा सनसनीपूर्ण प्रदर्शन गर्दै आएको अफगानिस्तानले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराइसकेको छ । आजको खेलमा पाकिस्तानविरुद्धको खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर २५७ रन बनाएको छ ।
अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ९७ रनको उत्कृष्ट पारी खेलेका छन् ।
अस्गर अफगान ६७ रनमा आउट हुँदा रहमत साहले ३६ रन जोडेका थिए । पाकिस्तानका लागि मोहमद नवाजले तीन तथा सहिन साह अफ्रिदीले २ विकेट लिएका थिए ।