एसिया कप २०१८ : अफगानिस्तानको पहिलो हार, पाकिस्तानसँग तीन विकेटले पराजित

 असोज ६, २०७५ शनिबार ६:३९:२७ | एजेन्सी
unn.prixa.net

एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको छ । 

अफगानिस्तानले दिएको २५८ रनको विजयी लक्ष्य पाकिस्तानले तीन बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा गर्यो । 

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ८० रन बनाए । त्यस्तै बाबर आजमले ६६ रन बनाउँदा शोएब मलिकले ५१ रनको उत्कृष्ट पारी खेले । 
अफगानिस्तानका लागि राशिद खानले तीन विकेट लिए । त्यस्तै मुजीब उर रहमानले २ विकेट लिँदा गुलाबदिन नाइबले एक विकेट लिए । 

यसअघि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै अफगानिस्तानले २५७ रन बनाएको थियो ।  

अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ९७ रनको उत्कृष्ट पारी खेले ।

अस्गर अफगान ६७ रनमा आउट हुँदा रहमत साहले ३६ रन जोडेका थिए । पाकिस्तानका लागि मोहमद नवाजले  तीन तथा सहिन साह अफ्रिदीले २ विकेट लिएका थिए ।

एसिया कपमा सनसनीपूर्ण प्रदर्शन गर्दै आएको अफगानिस्तानले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराइसकेको छ ।

अफगानिस्तानले आइतबार बंगलादेशसँग खेल्नेछ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया