मलेसियामा विषाक्त रक्सीका कारण बिरामी भएकामध्ये चार जनाको अवस्था गम्भीर

 असोज ६, २०७५ शनिबार १०:४९:१४ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियामा विषाक्त रक्सी सेवनका कारण बिरामी परेका १२ जनामध्ये चार जनाको अवस्था गम्भीर  रहेको नेपाली दूतावासले जनाएको छ । 

बिरामी रहेका बाराको रघुनाथपुर–६ का राधेश्याम बैठा, खोटाङको सुङ्गदेल–७ का चम्पावती राई, ठेगाना नखुलेका सुकुवल घिसिङ र बिमल कार्कीको अवस्था गम्भीर  रहेको दूतावासले निकालेको विज्ञप्तिमा जनाइएको छ । 

यस्तै रुपन्देहीको फरेना–७ का रामचन्द्र लोधको अवस्था स्थिर रहेको छ भने गोरखाको च्याङ्ली–२ का लोकबहादुर बराम, पाँचथरको चोकमागु–६ का सेतबीर तुम्बापो, मोरङको बबियाविर्ता–३ का जम्बिरलाल झाँगड, काभ्रेको धुलिखेल–६ का चन्द्रसिंह तामाङको अवस्था सुधारोन्मुख रहेको दूतावासले जनाएको छ । 

यस्तै स्वास्थ्य सुधारोन्मुख नै रहेका राजेशकुमार हजारी र दातेबहादुर सारु मगरको भने अझै ठेगाना खुलेको छैन । बिरामी भएका पाँचजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भैसकेका पनि नेपाली दूतावासले जानकारी दिएको छ । विषाक्त रक्सी सेवनका कारण सात जना नेपालीको ज्यान गइसकेको छ । 

विषाक्त रक्सी सेवन गर्नेहरुमा टाउको दुख्ने, बान्ता हुने, पखाला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिंगटा लाग्ने, छिटो छिटो श्वास बढ्ने जस्ता लक्षण देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया