मेलम्ची खानेपानी आयोजनाको लागि ल्याएको सिमेन्ट बजारमा बिक्री

 असोज ६, २०७५ शनिबार ११:११:१७ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निमार्णको लागि ल्याएको ३ सय ४० बोरा अर्घाखाँची सिमेन्ट पसलमा बिक्री भएको खुलासा भएको छ । 

गएको असोज २ गते राति ११ बजे ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रक काठमाडौं गोदामबाट सिमेन्ट लोड गरी अम्बाथान स्टोरसम्म पुगेर सिमेन्ट अनलोड नगरी फर्किएको स्रोतको भनाई छ । 

तर सीएमसी कम्पनीका अम्बाथान स्टोर किपर छिरीङ दोर्जे लामाले ३ सय ४० बोरा सिमेन्ट बुझिलिएको लेखि बिलमा छाप लगाएर ३ सय ४० सिमेन्ट नै नझारी ट्रक फर्किएको बताइएको छ । करिब ११ किलोमिटर तल तालामाराङ बजारमा ३ पसलमा सिमेन्ट बिक्री गर्दैगर्दा प्रहरीले पक्राउ गर्न खोज्दा चालक ट्रकसहित फरार भएको प्रहरीले जानकारी दिएको छ । 

बाहुनेपाटीमा रहेको वायर हाउसका म्यानेजर दामोदर बस्यालको संलग्नतामा त्यो सिमेन्ट अन्यत्र बिक्री गर्ने सेटिङ मिलाएको स्थानीयले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीका प्रमुख पर्शुराम मल्लका अनुसार अम्बाथान हेलम्बु सुरुङको बाँध निमार्णको लागि लगिएको सिमेन्ट बजारमा बिक्री गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

अहिले ट्रक धनी सम्पर्कमा आइसकेकाले सिमेन्ट कहाँ कति बिक्री भएको र क—कसलाई बिक्री गरिएको हो भन्नेबारेमा अनुसन्धान गर्न सहज हुने उहाँको भनाई छ । तर आयोजनाको ठेगेदार कम्पनी सीएमसीका कर्मचारीले प्रहरी अनुसन्धानले तीव्रता नदिएको गुनासो गरेका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Milan Poudel

    Sept. 23, 2018, 9:15 a.m.

    यस्तो तरिकाले त यो जुनीमा मेलम्चीको पानी खाने सपना अधुरै हुने भयो /

  •  0 Reply

तपाईको प्रतिक्रिया