१३ वर्षीय छोरीकाे बलात्कार गरेको अाराेपमा बाबु पक्राउ

 असोज ६, २०७५ शनिबार १६:१६:२९ | हेमराज शर्मा

दाङ - छोरी बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहामनगरपालिका वडा नम्बर ५ मा शनिबार एक जना पक्राउ परेका छन् ।

आफ्नी १३ बर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा बाबुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा बाबुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

उपचारका क्रममा नेपालगंज लगिएकी बालिकाको स्वास्थ्य रिपोर्टले आफ्नो बाबुले बलात्कार गरेको खुलेको हो । ती बालिकाको योनीमा घाउ लागेपछि उपचारको क्रममा यस्तो तथ्य बहिर आएको हो । बाबुलाई अहिले ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया